वेटिङ रुममा प्रयोग भएको राहदानी विभागको पार्किङ खाली गराइयो



काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागको पार्किङमा रहेका अवैध संरचना हटाएको छ। विभागको अन्डर ग्राउण्ड पार्किङलाई वेटिङ रुमका रूपमा प्रयोग भएपछि त्यहाँ भएका संरचनाहरू हटाएको हो।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा महानगरले पार्किङमा रहेकाे अवैध सरचनालाई हटाएको हो ।

महानगरले त्यस स्थानमा राखेका कुर्सीहरू हटाउन निर्देशन दिएको छ। अन्डरग्राउड पार्किङमा रहेका कुर्सीहरु महानगरले हटाएको छ।

विभागले बनाएको बेसमेन्ट अन्य प्रयोजन अर्थात सेवाग्राही बस्ने स्थानका रूपमा प्रयोग गरिएको छ। महानगरले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो।

यसअघि बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरूपमा बनाएको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको थियो।

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

काठमाडौंमा राजावादीविरुद्ध एमालेको मोटरसाइकल र्‍याली

काठमाडौं : नेकपा एमालेले राजावादीको गतिविधिविरुद्ध मोटरसाइकल र्‍याली गरेको छ। एमालेको भातृसंस्था युवा संघको

पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले काट्यो आठ पत्र, ७ लाख ९३ हजार जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले

राजावादी प्रदर्शन : गोली लागेर सविन महर्जनको मृत्यु

काठमाडौं  : तीनकुनेमा राजावादी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ

 सामाजिक सञ्जालमा हामी