अवैध संरचना हटाउने महानगरको अभियानमै छु : उपप्रमुख डंगोल



काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको बताउनुभएको छ ।

पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृत विपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै उपमेयर डंगोलले अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरको भएकाले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउनुभएको छ । आफ्नो विषयमा केही अनलाइन मिडियाले भ्रम पैदा गरेको बताउनुहुँदै उहाँले प्रतिवादसमेत गर्नुभएको छ ।

‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना ९निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना० हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ,’ उहाँले जारी गर्नुभएको अपिलमा उल्लेख छ । ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौँ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’

उहाँले काठमाडौँ महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेन्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराउनुभएको छ ।

उहाँले समाचारमा एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना नगर्नसमेत आग्रह गर्नुभएको छ । ‘पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।’

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा

निरन्तरको वर्षाले नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्न जानेलाई समस्या

नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।विजयादशमीका

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल