एमाले निर्वाचन परिचालन कमिटी बैठक बस्दै



काठमाडौँ । नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११:०० बजे केन्द्रीय कमिटीको सकिएको सकिए लगतै निर्वाचन परिचालन कमिटीको बैठक बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओली अध्यक्ष रहनुभएको निर्वाचन परिचालन कमिटी बैठकले देशैभरि निर्वाचन परिचालनको विशेष नीति बनाउने कार्य योजना रहेको छ ।

केन्द्रीय कमिटीका निर्णयलाई प्रभावकारी रूपमा लागु गर्नै, आफू मातहतका कमिटीहरूलाई परिचालन गर्ने, निर्वाचन सम्बन्धी विपक्षीका रणनीतिमा चासो राख्ने र निर्वाचनका गोप्य सूचनाहरू सङ्कलन गर्ने लगायतका रणनीति तय गर्नेछ । बैठकमा निर्वाचन सम्बन्धी विशेष कार्य योजना समेत पेस गर्ने कार्यक्रम रहेको छ जनाइएको छ ।

निर्वाचन परिचालन कमिटीमा पार्टीका सबै केन्द्रीय सदस्य, निर्वाचन आयोग र लेखा आयोगका पदाधिकारी, प्रदेश कमिटीका अध्यक्षहरू, विभागका सचिवहरू र जनसङ्गठनका अध्यक्ष एवं महासचिव हुनुहुन्छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा

कांग्रेसलाई माधव नेपालको प्रश्न : यो देश तपाईंहरूको विर्ता हो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससँग आक्रोशित भएका छन्

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ