राजधानीका पाँच सहकारी गाभिँदै



काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो ।

गाभिएपछि संस्थाको कारोबार झण्डै रु नौ अर्ब पुग्ने भएको छ भने बचत रु चार अर्ब ६३ करोड ७० लाख आठ हजार ५९७ हुनेछ । रु चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै कुल सम्पत्ति रु सात अर्ब ५८ करोड एक लाख ७५ हजार एक सय ९६ पुग्ने पनि जनाइएको छ । गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि।’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो ।

पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको शेयरपुँजी रु ३० करोड ८१ लाख २२ हजार ५०० पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या छ हजार ८५८ जना पुग्ने भएका छन् । पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष रु १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ हुनेछ । कर्जा जोखिम कोष रु १२ करोड ४२ लाख ३५ हजार आठ सय ९८ पुग्ने जनाइएको छ । त्यसैगरी संस्थाको तरलता रकम रु एक अर्ब १३ करोड ९८ लाख ८७ हजार आठ सय १७ रहने छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय