छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु



 

काठमाडौं । काठमाडौं, बारा र नपलवरासीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा।७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक शंखरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जना र मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगंजमा र मोटरसाइकलमा सवार एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा बा।७१ प २९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका–१० रानीघाट बस्ने ४५ वर्षीय शम्भु साह रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।

बाराको कलैया उपमहानगरपालिका–४ अदालत टोलमा बा।प्र।०१–०२६ च ११२६ नम्बरको पिकअप अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटना मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।

यसैगरी बाराको निजगढ नगरपालिका–१० स्थित सडकमा हाल नम्बर नखुलेको अटो र बागमती प्रदेश ०३–०४ प ३९९७ नम्बरको स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

शनिबार भएको उक्त दुर्घटनामा स्कुटरमा सवार निजगढ नगरपालिका–७ माझी टोल बस्ने शेखर पुलामीको ६ वर्षीया छोरी सिअल पुलामीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको निजगढ नेशनल हस्पिटल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ बडेरामा लु।६२ प १२९२ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने २९ वर्षीय बिनय रायमाझी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

टेरामक्स र वाइडबडी काण्डकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स काण्डको अध्ययन-अनुसन्धान

 सामाजिक सञ्जालमा हामी