नागरिकता विधेयक विधान समितिमा पठाइयो 



 

काठमाडौं । राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाइएको छ ।

आइतबार बसेको दोस्रो राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको  सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यसअघि आइतबार बसेको पहिलो बैठकमा प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको थियो ।

उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी हुन् ।
राष्ट्रिय सभाको अर्काे बैठक १६ भदौ बिहीबार दिउँसो २ः५९ बजे बस्नेछ ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी