समाजवादी सुदूरपश्चिम प्रदेशका अध्यक्षसहित ८० प्रतिशत नेता कार्यकर्ताहरुहरु नेकपा एमालेमा फर्किंदै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)लाई सुदूरपश्चिम प्रदेशमा ठूलो झट्का लागेको छ ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एस) सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्षसहितका नेताहरु  नेकपा एमालेमा फर्किने भएपछि झट्का लाग्ने भएको हो ।

एमाले पोलिटब्युरो सदस्य निरुदेवी पालका अनुसार समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मीलगायत नेताहरु एमालेमा पार्टी प्रवेशको तयारी गरिरहेका छन् ।

पालले भन्नुभयो , “उहाँहरु सबै एमालेमै हुनुहुन्थ्यो । बीचमा अर्को पार्टीमा लाग्नुभयो । फेरि पुरानै घर फर्किंदै हुनुहुन्छ । यसले पार्टीलाई बलियो बनाउँछ ।”

पालका अनुसार कञ्चनपुरमा समाजवादीमा लागेका ८० प्रतिशत नेता कार्यकर्ताहरु एमालेमा फर्किन लागेका दाबी गर्नुभएको छ ।उहाँले  केही पूर्व माओवादी सासंद/सभासद् एमालेमा प्रवेश गर्ने सम्भावना छ ।

प्रवेश गर्नेमध्ये तारालामा तामाङ बलियो जनआधार भएका नेता हुनुका साथै प्रदेश सरकारका अर्थमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । तारालामा एमालेमा फर्किंदा त्यसको असर सत्ता गठबन्धनलाई समेत पर्नेछ । त्यस्तै विक्रम शाही एमाले कञ्चनपुरका पूर्व जिल्ला इञ्जार्ज समेत हुन् ।

​​​​​​​ उनीहरुलाई पार्टीमा भित्र्याउन एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरु आगामी बुधबार कञ्चनपुर जाँदैछन् ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको आगमन

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी तथा

 सामाजिक सञ्जालमा हामी