नागरिकता विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिले बोलायो बैठक



काठमाडौं । नागरिकता विधेयकमाथि छलफल गर्न संसदीय समितिले बैठक बोलाएको छ ।

प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ। समितिले भोली (सोमबार) १२ बजे नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न बैठक बोलाएको हो । अब विषयगत समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।

बैठकमा गृह मन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले आइतबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो।  अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै उक्त विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

आइतबार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुर्नविचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक –२०७९ लाई पुर्नविचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भएको नेपाल नागरिक विधेयक (पहिलो संशोधन) २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए । संघीय संसदको दुवै सदनबाट पारित भइ नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको  थियो ।

विधेयक संशोधन गर्नुपर्ने भन्दै राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । अब अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ ।

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

 सामाजिक सञ्जालमा हामी