पर्यटनमन्त्रीलाई लाइनमा बस्नुस् भन्दा पक्राउ परे सुरक्षागार्ड



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्नेनेकै कारण एकजना सुरक्षागार्डपक्राउ परेका छन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई  सुरक्षागार्डले लाइनमा बस्न अनुरोध गरेका थिए ।
पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर रहेका छन् ।

कुँवरले पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु जस्तै लाइन बसिदिन आग्रह गरेका थिए । निजी सुरक्षा अधिकृत (पीएसओ)सहितका गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा उनले रोकेका थिए । लगत्तै पीएसओले उनी मन्त्री भएको बताए पनि कुँवरले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । यही विषयलाई लिएर मन्त्रालयले कुँवर विरुद्घ प्रहरीमा जाहेरी  दिएसँगै उनी पक्राउ परेका हुन्  ।

उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई दबाब दिइएको बताइन्छ । मन्त्री श्रेष्ठ नेकपा एसको कोटामा मन्त्री भएका हुन् ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

एफसी चितवनसँग पहिलोपल्ट हार्‍यो पोखरा थन्डर्स

काठमाडौँ : पोखरा थन्डर्सलाई पहिलोपल्ट पराजित गर्दै एफसी चितवनले जितसहित नेपाल सुपर लिग

 सामाजिक सञ्जालमा हामी