सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक १ बाट सिफारिस



सिन्धुपाल्चोक ।  । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

१ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण  बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा,फूलम तामाङ,माधव सापकोटा सिफारिस हुनुभएको छ ।

त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद  पराजुली,आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ,आदिवासी जनजातिबाटै पूर्णबहादुर  तामाङ,दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ,आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ,दलितबाट राजु खाती,आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा ,अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ ।

प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल,चन्द्र सापकोटा ,टिएन सापकोटा,प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिक तर्फ खस आर्य अमृता नेपाल,आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ,आदिवासी जनजातिबाट पदम श्रेष्ठ,दलितबाट सागर परियार,दलितबाट सुभाष सुन्दाश,अपाङ्‌गबाट टिकाराम पराजुली सिफारिस हुनुभएको छ ।

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको