स्थानीय तहमा अपांगता समावेशिकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम



स्थानीय तहमा अपांगता समावेशिकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय अपांग महासघं नेपालको सहयोग र मेलम्ची नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले अपांगता भएका ब्यक्तिहरुको अधिकारको लानि निति तथा कार्यक्रम नै बनाएर अगाडि बढेको बताउनुभयो ।

उहाँले अपांगता भएका ब्यक्तिहरुको लागि गाउँ गाउँमा,घर घरमा गएर औषधोपचार गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले नगरपालिका तथा वडा कार्यालयहरुमा अपांगमैत्री संरचना निमार्णको काम गरिएको र नभएका ठाउँमा पनि सहजताका लागि विभिन्न ब्यबस्था गरिएको बताउनुभयो । उपप्रमुख प्रधानले नगर अपांगता सञ्जालसँगको सहकार्यमा विभिन्न काम गरिरहेको उल्लेख गर्नुभयो ।

No description available.

कार्यक्रममाराष्ट्रिय अपांग महासघं गण्डिकि प्रदेशका अध्यक्ष खोमराज शर्माले महासघंले गर्दै आएको काम, अपांगता भएका ब्यक्तिको अवस्था लगायतको बारेमा जानकारी गराउनुभएको थियो । यहाँले स्थानियतहले अपांगता भएका ब्यक्तिहरुको लागि गर्नपर्ने कामका बारेमा सचेत गराउनुभएको थियो ।

नगरपालिकामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले मेलम्ची नगरपालिकाले अपांगता क्षेत्रमा गरेका असल अभ्यास, चुनौती र सिकाइका बारेमा जानकारी गराउनुभएको थियो । अपांगता भएका ब्यक्तिको लागि परिचय पत्र वितरणको काम भइरहेको भन्दै आगामि दिनमा सिपयुक्त तालिमको ब्यबस्था गर्नुपर्ने अपांगता सञ्जालका नगर अध्यक्ष सोम दुलालले बताउनुभयो । कार्यक्रम नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले सञ्चालन गर्नुभएको थियो ।

No description available.

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

संविधान दिवसमा दिप प्रज्वलन

“नेपालको संविधान ” जारि भएको सातौं वर्षको अवसरमा आज देश भर संविधान दिवस

सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी : काठमाडौं प्रहरी 

काठमाडौं /  प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको

इन्द्र ध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान