कार्यव्यवस्था परामर्श समिति सदस्य हेरफेर



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको मनोनयन गर्नुभएको हो ।

जसअनुसार सांसद पुष्पा भुसाल गौतम र बहादुरसिंह लामा तामाङको स्थानमा सांसद चित्रलेखा यादव र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरिएको छ । सभामुख सापकोटाले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित संसदीय सुनुवाइ समितिमा सांसद पुष्पा भुसाल गौतमको स्थानमा सांसद मीनबहादुर विश्वकर्मालाई मनोनयन गर्नुभएको हो । सभामुखले प्रस्ताव गर्नुभएको उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

त्यसैगरी सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति  कार्यसञ्चालन नियमावली, २०७५ को नियम २७ को उपनियम २ बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सांसद देवप्रसाद तिमल्सिनाको स्थानमा डा मीनेन्द्रप्रसाद रिजालको नाम हेरफेर गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गर्नुभएको उक्त प्रस्तावलाई सभाले पारित गरेको थियो ।

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था