आधुनिक एवं प्राविधिक शैक्षिक योजनालाई पालिकाले पहिलो प्राथमिकताकामा राखेको छ : अध्यक्ष नेपाल



सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं।सातमा रहेको राजेश्वरी माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

इन्द्रावती गाउँपालिकाकै सबैभन्दा पुरानो विद्यालयको रूपमा चिनिँदै आएको राजेश्वरी माविको ६० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै पालिका अध्यक्ष झम्क नेपालले आधुनिक एवं प्राविधिक शैक्षिक योजनालाई पालिकाले पहिलो प्राथमिकताका साथ राखेको बताउनुभयो । शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहलाई उहाँले शुभकामना दिनुहुँदै राजेश्वरी माविको शैक्षिक गुणस्तरलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकाको पुरानो विद्यालय रहेकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय