काठमाडौं उपत्यकामा एकैदिन ३८ सय सवारी चालकमाथि कारवाही



 

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १५६, लेन अनुशासन पालना नगर्ने १३५, रेड लाइटमा सवारी साधन चलाउने ९५, निषेधित क्षेत्रमा हर्न बजाउने २४१, नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।

यस्तै ३ हजार १४१ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय