मेलम्ची नगर जेष्ठ नागरिक सञ्जालको अध्यक्षमा पुनः धिताल



मेलम्ची  । मेलम्ची नगर जेष्ठ नागरिक सञ्जालको अध्यक्षमा पुनः एकादत्त धिताल चयन भएका छन् । मेलम्ची नगरपालिकाले आयोजना गरेको कार्यक्रमबाट उनलाई अध्यक्षमा चयन गरिएको हो ।

यस्तै, सञ्जालको उपाध्यक्षमा गंगा खड्का र सचिवमा मोहन ढकाल चयन भएका छन् । नगरका सबै वडाको प्रतिनिधित्व गर्दै १३ सदस्यीय समिति गठन गरिएको नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले जानकारी दिइन् ।

कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवको भण्डार भएको बताए । जेष्ठ नागरिकका आवश्यकतालाई नगरले पुरा गर्दै जाने उनको भनाइ थियो ।

कार्यक्रममा उपप्रमुख उमा प्रधानले वर्तमान युवा पुस्ताले ज्येष्ठ नागरिकको सम्मान गरे मात्र आउँदो पुस्ताले पनि सम्मान गर्ने बताइन् । उनले अघिल्लो सरकारले जेष्ठ नागरिकको क्षेत्रमा थुप्रै महत्वपूर्ण काम गरेको भन्दै त्यसलाई निरन्तरता दिँदै आगामी दिनमा आवश्यकताका आधारमा कार्यक्रम थप्दै जाने प्रतिबद्धता जनाइन् ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले जेष्ठ नागरिकको वर्तमान अवस्था, राज्यबाट पाइने सेवा सुविधा लगायतका विषयमा जानकारी गराएका थिए । उनले जेष्ठ नागरिकको सम्मान गर्दै सुन्दर समाज निमार्णमा लाग्न पनि युवा पुस्तालाई आग्रह गरेका थिए ।

महावीर पुनसँग गरेको सम्झौता सरकारले कार्यान्वयन गराेस्, पुस्तक पनि किनिदियाेस् : ईश्वरी घर्ती

काठमाडौं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले अभियन्ता वैज्ञानिक डा. महावीर पुनसँग गरेकाे

भक्तराज आचार्य कालजयी भजन र गीतहरुमा अमर रहनुहुनेछ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले वरिष्ठ गायक

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

 सामाजिक सञ्जालमा हामी