दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई



 

मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक योङ स्टार युवा क्लवले जितेको छ ।
योङ स्टार युवा क्लवको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवचौरमा शनिवार सम्पन्न फाइनलमा प्रतिद्वन्द्वी सिर्जनसिल युवा क्लवलाई ३–० को सोझो सेटमा हराउँदै योङ स्टारले उपाधी आफ्नो पक्षमा पारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा योङ स्टारले २७–२५ को जित निकालेको थियो । दोस्रो सेटमा योङ स्टारे २५–२३ को जित निकालेपछि सिर्जनसिर्ल दबाबमा परेको थियो । तेस्रो सेटमा योङ स्टार २५–२३ ले विजयी बनेको हो ।

त्यस्तै प्रतियोगितामा जुगल गाँउपालिका तेस्रो भयो भने हेलम्बुले सान्त्वनामा चित्त बुझाएको छ । योङ स्टार युवा क्लवको आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधिसँगै योङ स्टारले नगद ७० हजार सहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । त्यस्तै दोसो्र , तेसो्र र सान्त्वना हुने क्रमश सिर्जनसिल , जुगल गाँउपालिका , हेलम्बु गाँउपालिकाले नगद ४० , २० ,१० सहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ ।

सहभागि खेलाडिहरुलाई नगर प्रमुख आइतमान तामाङले कप, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख आइतामान तामाङले नगरपालिका सधैभरी खेलक्षेत्रको विकासको पक्षमा रहेको बताउनुभयो । उहाँले खेलाडीहरुको हौषलाको लागि नगरपालिकाले बेला बेलामा यस्ताखाले प्रतियोगिता आयोजना गर्ने कुरामा सकारात्मक रहेको बताउनुभयो । उहाँले खेल पूर्वाधार निमार्णदेखि तालिमको समेत ब्यबस्था गर्नुपर्ने देखिएकाले यस्मा नगरले काम गर्ने उद्घोष गर्नुभयो ।कार्यक्रममा निर्वमान जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, वडा अध्यक्ष पासाङ तामाङ , लगायत खेलप्रेमि हरुको उपस्थिति रहेको थियो भने कार्यक्रमा क्लबका अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

 सामाजिक सञ्जालमा हामी