नयाँ प्रविधिमा पुराना फिल्म



नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो ।

सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको फिल्मकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना फिल्मलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेशन तथा रेष्टोरेशन गरेको छ ।

सेल्युलाइड प्रविधिमा रहेका महत्वपूर्ण फिल्म आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेशन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टियसम्बन्ध अधिकृत चिरन्जीवी गुरागाईंले जानकारी दिनुभयो । ती फिल्म अंग्रेजी भाषामा सबटाइटल गरिएको छ ।

“डिजिटाइजेसनसँगै ती फिल्मका रिल रेष्टोरेशन (पुरानोलाई नयाँजस्तै बनाउने) गरेर राखिएको छ । रेष्टोरेशनले एट के (आधुनिक प्रविधि) वा अन्य विकसित गुणस्तरमा स्तरोउन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घण्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेशन गरेका छौँ,” उहाँले भन्नुभयो । रेष्टोरेशन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएको लगायतको ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिन्छ । पहिलो चरणमा तत्कालिन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको सरकारी लगानीमा बनेका फिल्मलाई डिजिटाइजेशन गरिएको छ । डिजिटाइजेशन भएपछि १६ एमएम र ३५ एमएमका ती फिल्म टु के र फोर के (आधुनिक प्रविधि) ढाँचामा छन् । नेपालमा फिल्मको इतिहासलाई आम सर्वसाधारणसम्म पु¥याउन चलचित्र सङ्ग्रहालयको स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ ।

अधिकृत गुरागाईंका अनुसार साउथ एसियाका देशमध्ये छिमेकीमुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेशन तथा रेस्टोरेशन गर्ने देश नेपाल हो । पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिललाई सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याउनु भएपछि डिजिटाइजेशनको सुरुवात भएको अधिकृत गुरागाईंले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “फिल्म सर्वसाधारणलाई देखाउने कार्यविधि निर्माण गर्ने तयारीमा बोर्ड छ । हामी स्वदेशसँगै विदेशमासमेत प्रदर्शन गर्ने तयारीमा छौँ ।” सन् २०२१ को मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा डिजिटाइजेशन गरिएको दुई फिल्म आमा र कुमारी प्रदर्शन गरिएको थियो । विसं २०७५ भदौ २८ सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेशन र रेष्टोरेशनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पोरेशन प्रालिको प्रसाद ल्याबमा सम्पन्न भएको थियो ।

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

टेरामक्स र वाइडबडी काण्डकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स काण्डको अध्ययन-अनुसन्धान

 सामाजिक सञ्जालमा हामी