भेप प्रकरणमा थुनामा रहेका नासुलाई ‘छुटाउँछौँ’ भनेर करिब १ करोड ठगी
काठमाडौं ।इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका नायव सुब्बालाई ‘छुटाईदिन्छौं’ भनेर दुई जनाले करिब १ करोड ठगी गरेका छन् ।
ठगीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २६ वर्षीय रितु राई र बर्दिया घर भएका २१ वर्षीय निरेश चौधरी छन् ।