पहिलो श्रम गन्तव्य बन्यो यूएई



काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् ।

अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको यूएई यो वर्ष भने सुुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । विभागका अनुसार चालुु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो ।

विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आव मङ्सिर महिनामा कतार चौथोमा थियो । यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

केपी ओली कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। फाइनल

संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

काठमाडौं  : संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका

राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश

 सामाजिक सञ्जालमा हामी