सर्लाहीमा मिटरब्याज पीडित र प्रहरीबिच झडप



मलङ्गवा । मिटर ब्याज पीडित सङ्घर्ष समिति सर्लाहीका एक सदस्यलाई प्रहरीले  पक्राउ गरेपछि यहाँ तनाव उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको टोलीले सङ्घर्ष समितिका सदस्य लालबन्दी नगरपालिका–२ नवलपुर निवासी फतमा खातुनलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रहरीले खातुनलाई पक्राउ गरेपछि मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको थियो ।  जिल्ला प्रशासन कार्यालयमा उनीहरूले ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड आश्रुग्यास प्रहार गरेको थियो ।

त्यसपछि मिटरब्याज पीडितले प्रशासन कार्यालय सर्लाही अगाडी टायर बालेर  प्रदर्शन गरेका थिए । अहिले उनीहरु कृषि ज्ञान केन्द्र अगाडि सडक अवरोध गरेर बसेका छन् ।

गत मङ्सिर २० गते जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित र साहुकारबीच छलफलको क्रममा साहुकारलाई फतमाले कुटपिट गर्नथालेपछि  प्रहरी सहायक हबल्दार सीता कार्की छुट्याउन जाँदा फतमाले उनीमाथि पनि हातपात गरेकी थिइन् । प्रहरीमाथि फतमाले अभद्र व्यवहार गरेको भन्दै  उनीविरुद्ध मुद्दा चलाएको छ ।

सोही मुद्दामा फतमालाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएपछि उनी केहीदिन देखि लुकीछिपि बस्दै आएकी थिइन् । तर आज दिउँसो उनी पक्राउ परेपछि तनाव भएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज प्रहरीलाई कुटपिट गरेको अभियोगमा चन्द्रनगर गाउँपालिका–५, मोहनपुर निवासी तैयब मन्सुरलाई पनि पक्राउ गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

 

प्रधानमन्त्री द्वारा माईती नेपाललाई एक करोड दिने घोषणा

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो, थुनछेक बहस भोलि

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई

दुई छोरीको हत्या आरोपमा आफ्नै आमा पक्राउ

दाङ : सल्यानमा एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छन्। बुधबार बिहान

 सामाजिक सञ्जालमा हामी