संखुवासभाको उत्तरी क्षेत्रबाट २०८ किलो सालकको खपटा बरामद



संखुवासभा। प्रहरीले संखुवासभाको उत्तरी क्षेत्रबाट ठूलो परिणामा बन्यजन्तु सालकको खपटा बरामद गरेको छ ।

चीनतर्फ लैजादै गरेको अवस्थामा भोटखोला गाउँपालिका–२ चेपुवाबाट सात वटा बोरामा राखिएको २ सय आठ किलो ७६ ग्राम सालकको खपटा (आखेटोपहार) बरामद गरेको हो ।खपटा लैजादै गरेका मध्ये दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका– २ च्याम्ताङका ३५ वर्षीय छिरिङ भोटे र डेमा थिकेपा छन् ।प्रहरीले खपटा बरामद गरेको स्थानबाट चीनसँगको सीमा नाका किमाथाङ्का करिब १५ किलोमिटर टाढा छ । सडक नभएका कारण सो दुरी पार गर्न एक दिन पैदल हिड्नुपर्छ ।कोरोना महामारीपछि किमाथाङ्का नाका बन्द छ । नाका बन्द भए पनि तस्करको समूहले चीनतर्फ लैजादै गरेको अवस्थामा सालकको खपटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । उनका अनुसार तस्करको समूहले विभिन्न स्थानबाट खपटा संकलन गरेर चीनतर्फ लैजादै थिए ।बुधबार बोरा बोकेर पैदल बाटो उकालोतर्फ जाँदै गरेको समूह प्रहरीलाई देखेपछि बोरा फालेर भागेको थियो । बोरा फालेर मान्छे भागेपछि चेक गर्दा प्रहरीले खपटा बरामद गरेको थियो । त्यसपछि भाग्ने मानिसको खोजी गर्ने क्रममा बिहीबार बिहान छिरिङ भोटेलाई पक्राउ गरेको थियो । भोटेको बयानका आधारमा बिहीबार नै डेमा थिकेपालाई पनि पक्राउ गरेको थियो ।

पक्राउ परेका भोटे व्यवस्थापकीय भूमिका खेल्ने कारोबारी भएको प्रहरीले बताएको छ । प्रहरीसँगको वयानमा उनले विभिन्न स्थानबाट संकलन गरी चीन लैजान खोजेको बताएका थिए ।नियन्त्रणमा लिएको सात बोरा सालकको खपटासहित पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि मकालु बरूण राष्ट्रिय निकुन्ज कार्यालयमा बुझाइएको डिएसपी श्रेष्ठले बताए ।

को छ ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी