बिना हिटर घरलाई तातो बनाउने तरिका



एजेन्सी । जाडोको मौसम चलिरहेको छ । यसक्रममा तातो कपडा लगाउनुका साथै घरलाई न्यानो बनाइराख्न पनि जरुरी छ ।

आज हामी केही त्यस्ता तरिका बताउनेछौं जसले बिना हिटर पनि घरलाई न्यानो बनाउन सक्नेछ ।

जाडोको मौसममा घर तातो बनाउनका लागि गाढा तथा चम्किला रंगका कुशन प्रयोग गर्नुहोस् । यसले घरको सुन्दरता बढ्नुका साथै तातो पनि रहन्छ ।

रातको समयमा आफ्नो कोठालाई तातो राख्न ठाउँठाउँमा रंगिविरंगी मैनबत्ती जलाउनुहोस् । यसले घरमा तापक्रम बढाउँछ ।

जाडोको मौसममा ऊनी, फक्स तथा मखमलका कुशनको प्रयोग गर्नुहोस् । यसको प्रयोगले चिसो महसुस हुँदैन ।

त्यस्तै जाडोमा भुईंको लागि न्यानो खालका गलैंचा वा दरी बिछ्याउन सक्नुहुन्छ । यसले तपाईंका खुट्टा पनि चिसा हुँदैनन् ।

घरभित्र लगाउन गाढा तथा चम्किलो रंगहरु छान्न सक्नुहुन्छ । यसो गर्नाले घर प्राकृतिक रुपमै न्यानो हुन्छ ।

घरका झ्याल तथा ढोकाका लागि बाक्लो पर्दाको प्रयोग गर्नुहोस् । यसले बाहिरको चिसो हावा सिधै भित्र आउँदैन ।

चाडोको मौसममा घरलाई न्यानो बनाइराख्न बत्तीहरु बाल्नुहोस् । विशेषगरी न्यानो तथा अली उज्यालो बत्ती प्रयोग गर्न सकिन्छ ।

दिउँसो बाहिर घाम लागेको छ भने सबै झ्यालहरु खुला राखेर तातो हावा छिर्न दिनुहोस । चिसो हावा चल्न थालेपछि

श्री अन्तु पुग्न नागरिकलाई २ किलोमिटर हिँड्नुपर्ने, जेन–जी मन्त्रीको गाडी भने टुप्पामै

इलामको सूर्योदय नगरपालिका–स्थित श्री अन्तुमा सूर्योदय अवलोकन गर्न करिब २ किलोमिटर उकालो हिँड्नुपर्ने

‘ छोरी उदय फोरम–२०२५’ काठमाडौँमा सम्पन्न

काठमाडौँ: छोरीहरूको शिक्षा, सशक्तीकरण र नेतृत्व विकासका विषयमा केन्द्रित छोरी उदय फोरम–२०२५ आज

१७औं धर्मश्रीको उपाधि उमेश राईलाई उपाधी रक्षा सहित उचाले ११ किलोको ट्रफी

काठमाण्डौ : गोर्खाली फिटनेसका उमेश राईले उपाधी रक्षा सहित १७औं संस्करणको धर्मश्री शारारिक

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025) माघ कृष्ण पञ्चमी

 सामाजिक सञ्जालमा हामी