“बिचरा प्रहरी “ अधिवक्ता राधिका खतिवडा
गोली चल्यो प्रहरी निलम्बनमा पर्यो
किनकी प्रहरीलाई नागरिक बन्न दिँईदैन । शासकको सत्ता टिकाउने साधन बनाईएको छ ।
बिबेक प्रयोग गर्यो भने त्यो प्रहरी हुदैन, आदेश पालन गरे मात्र उ बफादार हुन्छ। हिजो गोली नचलाए नी कोही न कोही प्रहरीलाई निलम्बन गरिन्थ्यो, कोही प्रहरीलाई हेडक्वाटर तानियो भन्ने समाचार आउँथ्यो ।
किनकी त्यहाँ मन्त्रीज्यूको गाडि जलेको थियो । गाडिको सुरक्षा गर्न नसकेको भनिन्थ्यो ।
मन्त्रीज्युको गाडी पनि हामी नागरिकको सम्पत्ति हो नि तर हामीले किन बुझ्न सकेनौ ।
आपतमा नागरिकलाई प्रहरी नै चाहिन्छ ।
बिपतमा नागरिकलाई प्रहरी नै चाहिन्छ ।
नागरिकका सबै दुःखमा प्रहरी नै चाहिन्छ।
प्रहरी आफू रातभर नसुती नागरिकलाई सुत्न दिन्छ । आफ्नो ज्यान जोखिममा राखेर नागरिक बचाउछ ।
शासकको रिस पनि प्रहरीलाई नै हुन्छ, मेरो गाडिको समेत सुरक्षा गर्न नसक्ने भनेर निलम्बन गर्छ । नागरिकको रिस पनि प्रहरीलाई हुन्छ हामीलाई गोली हान्ने ?
भन्नुस न त बिचरा प्रहरी पनि नागरिक हो ।
गोली चलाएर कोहि निलम्बन भयो । गोली नचलाएको भए पनि कोही निलम्बन नै हुन्थ्यो ।
प्रहरीलाई नागरिकप्रति बढी उत्तरदायी बनाउ ।
शासकको प्रहरी होईन र हुन पनि सक्दैन । सत्तामा रहदा पनि सत्ता बाहिर हुदा पनि सत्ता सञ्चालक हरूले प्रहरीलाई नागरिकको बनाउन दिउ ।
प्रहरी नागरिकको हो, प्रहरी वर्दिका नागरिक हुन भने नागरिक विना वर्दिका प्रहरी हुन ।
लेखकः- अधिवक्ता राधिका खतिवडा