झन्डा छेउमा जलिरहेको पिता को चिता !



यो तस्बिर को कथा
हिजो एक युवा, मेरो गाउले भाइ खादबारी ३ बस्ने स्व.गणेश बानीयाको अन्तिम दाह संस्कार सत्गद हुँदै थियो,उसको अल्पायुमै निधन भो,आयु छोटो लिएर आएको रहेछ, । त्यो पुर्पुरो(टाउको)मा हात लाएर खुई खुई गर्दै आफ्नो पिताको जलिरहेको चिता हेर्न बिवश उसको छोरा ईस्वर बानियाँ (जो मेरै छिमेकी समेत बन्न आएको छ) तस्बिर उसैको हो । उसले आफ्नो पिता आज उप्रान्त देख्ने भेट्ने छैन ,यो बाबुलाई उसको आमाले बनिबुतो गरेर जसोतसो पालेकी छिन् उनका अरु पनी सन्तान छन् ती बुहारीलाई अरु पनी थुप्रै जिम्मेवारी छन् । खयर, सबै आफन्त,मलामीजन,टोल र पार्टी मिलेर पैसा उठाएर राम्रोसँग सद्गद गरियो,
तर यो चिताकै छेउमा एउटा ४ तारे झण्डा गाडिएको थियोे।दिवङ्गत गणेशलाई नेपाली काङ्ग्रेसको क्रीयाशिल सदस्य थियो भनिएको छ,झण्डा ओडाउन लामै लस्कर आएको हो उक्त घटना हामीले सामान्य रुपमै लियौ,किनकि मेरो पार्टी पनी झण्डा बोकेर कुदिहाल्छ, रातभर अनिदो बसेर लास कुर्ने र सबै ब्यबस्थापन गर्ने २ जना मात्रै भाईहरु रहेछन् उनीहरु चै अलि अलि मुर्मुरिदै थिए “दु:ख र काम हामी गर्ने अनी एकछिन आएर झण्डा ओडाएर नेता हुने ???” “भरेदेखी पनी फेरी बाकी काम हामीले नै गर्नुछ ,” यो त घटना मात्रै भयो,
म अलि ढिलो घर आए मन त्यतीधेरै खुलेको थिएन कारण म सङ्गै खेलेको उमेरले हाराहारी को भाई जलाएर आएको थिए । मानव शरीर नाशवान् न हो भन्दै आए,सामान्यतया मलामी गएका हरु अलि भावुक हुन्छन् नै ,म त्यस्तै परे, यसो ग्यालरी हेर्न मन लाग्यो यी २ तस्बिर खिचेको रहेछु हेरे ,तस्बिर हेरेपछि मनमा अनेकौं प्रश्न खेलिरह्यो ….
झण्डा ओडाउदै गर्दा के यो झण्डावाला,यस् पार्टीका नेता,कार्यकर्ताहरुले यो बाबुको भवीष्यबारे सोचे होलान् त ???किन कसरी कलिलै उमेरमा झण्डा ओढाउनुपर्यो होला ?घोत्लिए होलान् ?कि अभिष्ट मात्रै ??? यस्तै विभिन्न दलका कार्यकर्ता को लासमा झण्डा ओढाउने हरु धेरै पटक विभिन्न तहका सरकार चलाउन पुगे होलान् तिनीहरु ले यस्ता तल्ला कार्यकर्ता बारे सोचे होलान् र ?? गलत अर्थ नलागोस जसलाई चुनाव ताका बानी बिगारेर (रक्सी मासु,खर्च) त यो हवीगत भएको होईन ? सामान्य भन्दा सामान्य उपचार नपाई बाटोमा लडीरहेको गणेश को त्यो मृत सरीरलाई त्यो झण्डाले न्याय गर्यो होला ? झण्डा ओढाउने संस्कृती ठिक कि बेठीक ??? आज उसले अङ्गालेको पार्टी कै सरकार छ हेरौ ,अर्को पोस्ट पिताको पार्टीले छोरा को पठनपाठन र भवीष्यको जिम्मेवारी लियो रे भनेको सुन्न र लेख्न पाईयोस ! (लेखक:- नेकपा एमाले संखुवासभाका एक युवानेता हुनुहुन्छ !)

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

घर आगलागी हुदा रोल्पामा एक वृद्धाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको मृत्यु भएको

 सामाजिक सञ्जालमा हामी