भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद र १६ लाखभन्दा बढी जरिवाना



काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ ।

यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले  जानकारी दिए ।

१६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएकोमा सोही अनुसार जरिवाना र बिगो असुल गर्ने फैसला भएको उनको भनाइ छ ।

गत पुस ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले शाहसहित २ जनालाई दोषी ठहर गरेको थियो । जसअनुसार आज सजाय निर्धारण भएको हो ।

शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो ।

पूर्व प्रहरी नायव महानिरीक्षक शाह अछामको साँफेबगर निवासी हुन् । उनको घर कैलाली र काठमाडौँको महाराजगञ्जमा समेत रहेको छ भने उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् । उनले यसका लागि वि.सं. २०६३ को मदन पुरस्कार पाएका थिए ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

 सामाजिक सञ्जालमा हामी