टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याउने बताएका छन् । लेखा समितिको आज (मंगलबार) को बैठकमा यसबारे जानकारी दिंदै अख्तियार प्रमुख राईले टेरामक्स प्रकरणमा बयान सकेर प्रमाणको मूल्याङ्कन गर्ने काम भइरहेको र यसलाई चाँडै निष्कर्षमा पुर्‍याएर मुद्दाको चरणमा जाने बताएका हुन् । उनले भने, ‘बयान टुंग्याएका छौं । प्रमाणको मूल्याङ्कन गरिरहेका छौं । चाँडै मुद्दामा जान्छौं ।’ टेरामक्स खरिद प्रकरणमा अख्तियारले तत्कालीन सञ्चारमन्त्री तथा बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग बयान लिइसकेको छ । स्वास्थ्यमन्त्री बस्नेतले सञ्चारमन्त्री छँदा अर्बौ मूल्य बराबरको टेरामक्स खरिदको निर्णय घुसाएर यसमा भ्रष्टाचार गरेको आरोप छ । यस काण्डमा एमाले नेता पूर्व संचारमन्त्री गोकुल बस्नेतसमेत तानिनसक्ने अख्तियार स्रोतले बतायो । बास्कोटाले २५ करोड बजेट स्वीकृतिको माग भएकोमा ७० करोड रुपैयाँको स्वीकृति दिएका थिए । मन्त्री बास्कोटाले संशोधन गरी स्वीकृत गरेको कार्ययोजना अनुसार, परामर्शदाता छनोट गरी सम्झौताका लागि २० करोड र परामर्श सेवा खरिद तथा कार्यान्वयनका लागि ५० करोड रुपैयाँ स्वीकृत गरेका थिए । योजना तालिका अनुसार, टेरामक्स खरिदलाई गत वर्षको निरन्तरता भनिएको छ । तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले टेरामक्स प्रणाली स्थापनाका लागि नीतिगत निर्णय गरेपछि बजेट स्वीकृति र विनियोजनको काम भने तत्कालीन मन्त्री गोकुल बास्कोटाले सुरुवात गरेको देखिन्छ । प्राधिकरणले मागेको तुलनामा दोब्बरभन्दा अझै बढी रकम विनियोजन गरेका उनले त्यो प्रविधि स्थापनाको औचित्य, कानुनी सहजता लगायतको पाटोमा अध्ययन गरेको देखिंदैन । लेखा समितिको बैठकका क्रममा अख्तियार प्रमुख राईले अहिले अख्तियारमा २८ हजार उजुरी रहेको र कतिपय उजुरीबारे छानबिन गरी मुद्दा दर्ता गरिएको जानकारी गराएका थिए । भैरहवा र पोखरा विमानस्थलमा भएका अपचलनबारे पनि अख्तियारले छानबिन तीव्र रुपमा अघि बढाइरहेको छ । प्रमुख राईले वाइडबडी प्रकरणमा पनि अनुसन्धान भइरहेको जानकारी बैठकका क्रममा गराए । अख्तियार प्रमुख राईले अख्तियारमा जनशक्ति अभाव भएकाले पर्याप्त काम गर्न नसकिएको गुनासो पनि गरेका थिए । दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस, डेटाको कुल भोल्युम परीक्षण गर्ने टेरामक्स प्रविधिले ट्राफिक व्यवस्थापन तथा अनुगमन, नेटवर्किङ मनिटरिङ र अवैध गतिविधिको व्यवस्थापनको काम गर्छ । टेरामक्सले अपरेटले घोषणा गरेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्वाइस कल र एसएमएसको कूल भोल्युमको परीक्षण गर्छ । अपरेटरले पहिचान गर्न नसकेको कल र एसएमएसलाई पूर्ण रूपमा नियन्त्रण गर्छ । यस्तो प्रविधि भित्र्याउन सञ्चारमन्त्री रहेका बेला अहिलेका स्वास्थ्यमन्त्री बस्नेतले अर्बौ मूल्य बराबरको खरिदको निर्णय प्रक्रियाबिनै अघि बढाएका थिए । मन्त्री बस्नेत अहिले पनि सार्वजनिक कार्यक्रमहरुमा टेरामक्स प्रविधिको वकालत गरिरहेका छन् । लेखा समितिले भ्रष्टाचारको प्रकरणपछि टेरामक्स प्रविधिको सबै काम रोक्न निर्देशन दिएको थियो । अधिकारको दुरूपयोग भएको देखिएमा राज्यलाई हानी नोक्सानी हुने गरी कार्य गरे गराएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारवाहीको माग दाबीसहित कानुनबमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन समेत दिएको थियो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको आगमन

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी तथा

 सामाजिक सञ्जालमा हामी