संखुवासभा-काठमाडौं सम्पर्क मन्च द्वारा ७८ विद्यार्थी सम्मानित



काठमाडौं 
१९ साउन २०८१

नेकपा एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) र कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरको छ ।
मञ्चका उपाध्यक्ष राजेश श्रेष्ठका अनुसार एसईई उत्तीर्ण ७१ र कक्षा १२ उत्तीर्ण ७ जना विद्यार्थीलाई शनिबार काठमाडौं एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । सो अवसरमा विद्यार्थीहरुलाई शिक्षा तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुले अभिमुखीकरण गरेका थिए ।
सीएलसीआरका राहुल बिशुंखेले एसईई र कक्षा १२ उत्तीर्ण गरिसकेपछि कस्ता संकाय र विषय छान्ने भन्ने विषयमा विद्यार्थीहरुलाई जानकारी गर्दै ४५ मिनेट्को सेसन मा धेरै महत्वपुर्ण बिसय को जानकारी दिएका थिए । त्यस्तै यूडब्लूएस नेपालका डाइरेक्टर सुर्य कार्कीले युवा सशक्तीकरण उद्यमशीलताका विषयमा अभिमुखीकरण गरेका थिए । कार्यक्रममा उद्यमी तथा विकास अभियन्ता तेज ढकालले नेपालको सन्दर्भमा शैक्षिक पेशा, व्यवसाय र राजनीतिबीचको अन्तरसम्बन्ध, डा. सुजन कडरियारले शैक्षिक पेशा र पूर्वराजदूत डा. अर्जुन कार्कीले युवा नेतृत्वका विषयमा भनाइहरु र आफ्ना बिगत देखि हाल वर्तमान समय सम्म आउदाका सबै खाले अनुभव राखेका थिए यसैबिच कार्यक्रम को बिशिस्ट अतिथि संखुवासभा का नेता नेकपा एमाले संखुवासभा पार्टी जिल्ला ईन्चार्ज तुलसि न्यौपानेले पनि शुभकामना दिदै आफ्नो भनाई राख्नु भएको थियो । यसैबिच आदिम कलेज चुच्चेपाटी चाबहिल का प्रीन्सिपल ले समयसामयिकशैक्षिक गतिबिधि हालको उच्चशिक्षा को बारे महत्वपुर्ण भनाई रख्दै उत्तकलेज मा अध्ययन गर्न आउने केहि बिद्यार्थीलाई छत्रवित्तृ दिने घोषणासमेत गर्नुभयो

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिए । र महत्वपुर्ण भनाई राख्दै देश र राजनितिक स्थित्तिको बारेमा पनि भनाई राख्नु भएको थियो । कार्यक्रम को अन्त्यमा सम्पर्क मन्चका अध्यक्ष वाशु पाण्डेले कार्यक्रम लाई सफल बनाउन सहयोग गर्ने सबै लाई धन्यवाद ब्यक्त गर्दै परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई अगामी दिनहरुमा पनि धेरै सहयोग गर्ने प्रतिबध्दता गर्दै कार्यक्रम लाई समापन गर्नुभएको थियो ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी