नेपालमा कम्पनी खोलेर अनलाइन ठगी गर्ने भारतीय गिरोह हेटौंडाबाट पक्राउ



हेटौंड : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको छ । मकवाननपुर प्रहरीले विशेष सूचनाका आधारमा हेटौंडा उपमहानगरपालिका –४ बाट उनीहरूलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेहरूमा ९ जना भारतीय नागरिक रहेका छन् । जसमध्ये २८ वर्षीय नवनीत कुमार,२७ वर्षीय शाहरुख खान,२९ वर्षीय कुन्दन कुमार,२६ वर्षीय आशिष कब्डौला,३४ वर्षीय विशाल कक्कड,३८ वर्षीय लोकेश कुमार दुवे,२९ वर्षीय विकास कुमार सिंह,२८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सिताराम रिजालले बताए ।

उनीहरूलाई हेटौंडा–४ स्थित पारिजातपथमा साउन २१ गते साँझ प्रमोद वाग्लेको घरको पाँचौँ तलाको फ्ल्याट भाडामा लिइ मेडि असिष्ट नामक कम्पनी खोलेर अनलाइन ठगीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा पक्राउ गरिएको उनले बताए ।

उक्त क्रममा प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ७ थान ल्यापटप,१३ थान मोबाइल, हार्ड डिस्क,राउटर लगायतका उपकरणहरू समेत बरामद गरेको छ । प्रहरी प्रमुख उपरीक्षक रिजालका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त गिरोहले गत फागुन १० गते हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा द्रबिन कुमार सिंहको नाममा ‘मेडि असिष्ट’ कम्पनी दर्ता गरेको खुलेको बताए  ।

उनले भने,’कम्पनीले परामर्श सेवा प्रदान गर्ने उद्देश्य राखेको भएपनि अनलाइन ठगीको कारोबार गर्दै आएको पाइएका छौं ।’कम्पनीमा १२ जना भारतीय नागरिकहरू कार्यरत रहेकामा ३ जना द्रबिन कुमार सिंह,रजत शर्मा र प्रकाश भनिने अझै फरार रहेका छन । अनुसन्धानका क्रममा उक्त गिरोहले भारतको राँचीमा रहेको मुख्य कार्यालयसँग जडान गरिएको क्विक कल क्लाईन्ट सफ्टवेयरको प्रयोग गरी ठगी गर्ने गरेको खुलेको उपरीक्षक रिजालले बताए ।

उक्त सफ्टवेयर मार्फत नेपाली तथा विभिन्न देशका व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यक्तिगत जानकारी संकलन गरी भारत पठाउने गरेको समेत उनले बताए । अनुसन्धानका क्रममा कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको र अभिलेखीकरण नभेटिएको उनले बताए ।

उक्त कम्पनीबाट हुने गरेको काम कारबाहीको डाटा समेत हेड अफिसको सरभरमा सिधै राख्ने गरेको र अधिकांश कामहरु रातको समयमा मात्र काम गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ । पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१),(२) विपरीत कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए ।

उनीहरूमाथि सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय माग गरी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी