राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध एमालेको जागरणसभा



काठमाडौं : सत्तासीन एमालेले मंसिर ७ मा राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध जागरणसभा गर्दैछ । शुक्रबार पत्रकार सम्मेलन गरेर एमालेले आफू सत्तामा रहेको बेला जागरणसभा गर्नुको कारण स्पष्ट पारेको छ । एमालेले विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न यो जागरणसभा गर्न लागेको बताएको छ । ‘आगामी मंसिर ७ गते प्रदर्शनीमार्ग, भृकुटीमण्डप जाऔं ! एमालेद्वारा आयोजित विशाल ¥याली र जागरण सभामा सहभागी बनौं,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताको राष्ट्रिय स्वाभिमान, एमालेकै नेतृत्वमा समृद्धिको अभियानलाई सफल पार्न व्यापक जनपरिचालन गरौं र जनजागरण सभालाई सफल पारौं !’

एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्ने उद्देश्यसमेत राखेर कार्यक्रम आयोजना गर्न लागिएको बताएको छ । मंसिर १६ गते स्थानीय तहका रिक्त ४४ स्थानमा उपचुनाव हुँदैछ । काठमाडौंंको कीर्तिपुर नगरपालिकाको प्रमुखदेखि काठमाडौंं महानगरपालिका– १६ वडाध्यक्षसहित ४४ ठाउँमा उपचुनाव हुन लागेको हो । एमाले अधिकांश स्थानको उम्मेवारी टुंग्याएर निर्वाचन होमिसकेको छ ।

एमाले काठमाडौंं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा मंसिर ७ गते काठमाडौंंमा जागरण सभा हुँदैछ । पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाएर समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पारे । जनता असन्तुष्ट छन् भनी गरिएको प्रचारलाई चिर्न जागरणसभा गर्न लागिएको उनले जानकारी दिए ।

‘जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दैछौं’, उनले भने । उनले जनताको बीचमा जाने कुरा रक्षात्मक नहुने बताए । राजनीतिक दल सधैंंभरि जनताको बीचमा नै जानुपर्ने उनले स्पष्ट पारे । उनले जनताको बीचमा जाने एउटा माध्यम जागरणसभा भएको बताए । उनले सामाजिक अराजकता प्रवृत्तिकै रूपमा अघि बढेकोमा चिन्ता प्रकट गरेका छन् । सामाजिक अराजकता प्रवृत्ति विकास र समृद्धिका लागि बाधक हुने उनको भनाइ छ ।

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि छानबिन प्रक्रिया अघि बढ्दा जस्तो प्रकारको गतिविधि भएको छ त्यो कानुनी राजको खिल्ली भएको उनको भनाइ छ । ‘निरन्तर रूपमा योजना बनाएर यस्तो गतिविधि गर्नु उचित कुरा होइन’, पोखरेलले भने । गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न पनि मंसिर ७ मा सभा गर्न लागिएको स्पष्ट पारेको छ । वर्तमान संयुक्त सरकारले गरेका काम उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न यो सभा गर्न लागेको स्थायी समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले बताए ।

सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन मंसिर ७ मा भृकुटीमण्डपमा एमाले जागरणसभा गर्न लागेको उनले बताए । एमालेले विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न यो जागरण सभा गर्न लागेको बताएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न जागरण सभा गर्न लागिएको बताए । उनले गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रस्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको पार्टी जानकारी दिए ।

 

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी