‘फ्रान्सको लाहुरे हुँ’ भन्दै फेसबुकमा भेटिएका युवकले प्रेमिकाबाट यसरी ठगे २७ लाख



काठमाडौं । नक्कली फेसबुक आईडीमार्फत विभिन्न प्रलोभन देखाएर लाखौं ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी घर भई हाल काठमाडौं चन्द्रागिरी बस्दै आएका ३० वर्षीय रुद्रबहादुर गुरुङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी गुरुङलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । कार्यालयका अनुसार गुरुङ सबैभन्दा पहिले फेसबुकमा नक्कली आईडी बनाउँथे । त्यसपछि युवतीहरूलाई एड गर्थे । कुरा गर्दै जाँदा उनी युवतीलाई आफू फ्रान्स, सिङ्गापुर लगायतका देशको लाहुरे भएको विश्वास दिलाउँथे ।

यसरी कुरा गर्दै गएपछि आफूले युवतीलाई मन पराउने भन्दै बिहे गरेर विदेश लैजान्छु भन्थे । युवती विश्वस्त भइसकेपछि कागजात बनाउनुपर्ने भन्दै पैसा माग्थे । पैसा माग्न काठमाडौंका विभिन्न स्थानमा युवती बोलाउँथे । अनि चेक मार्फत रकम लिन्थे । यसरी उनले एक महिलाबाट चेक मार्फत १६ लाख ८३ हजार रुपैयाँ बढी र वालेटहरूबाट १० लाख ९९ हजार रुपैयाँ बढी गरी कूल २७ लाख रुपैयाँ बढी लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसरी रकम लिएपछि उनी सम्पर्कविहीन हुन्थे । युवक लामो समयसम्म हराएपछि युवतीले आफू ठगिएको महसुस गरी प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा रुद्र बहादुर गुरुङको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

एनपिएलका १८ खेल सकिए, अंक तालिकाको शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्स कुन स्थानमा परे अरु टीम ?

नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १८ खेल सम्पन्न भएका छन् । यही

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

 सामाजिक सञ्जालमा हामी