राइड शेयरिङ एप नियमन गर्न सरकारले कार्यविधि ल्याउने तयारी



काठमाडौं । बागमती प्रदेश सरकारले राइड शेयरिङ कम्पनीहरूको नियमनका लागि कार्यविधि ल्याउने तयारी गरेको छ । राइड शेयरिङ एपले मनोमानी ढंगले भाडा असुलेको गुनासो बढेपछि कार्यविधि कार्यान्वयनमा ल्याउन गृहकार्य गरिरहेको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेम भक्त महर्जनले जानकारी दिए ।

“पछिल्लो समय राइड शेयरिङ एपहरूले अनियमित तरिकामा भाडा उठाउने गुनासा आएका छन् । यस विषयमा बागमती प्रदेश सरकारले नियमनका लागि कार्यविधि ल्याउने प्रक्रिया अघि बढाएको छ,” उनले भने ।

नेपालमा राइड शेयरिङ प्लेटफर्मले लिने भाडा नतोकिएकाले समस्या आएको उनले सुनाए । त्यस्तै कतिपय एप नेपालमा दर्ता नै नभई सञ्चालनमा आएको र त्यस्ता एपमार्फत अनधिकृत रूपमा नेपालबाट विदेशमा पैसा गइरहेको पनि उनले उल्लेख गरे ।

यातायात मन्त्रालयका सचिव बलराम निरौला भने, “राइड शेयरिङ सम्बन्धी बनेको कार्यविधि क्याबिनेटबाट पास भइसकेपछि हामी नियमनमा जान सक्छौं । अहिले कहाँ, कति र कसरी सञ्चालन भइरहेका छन् भन्ने पनि हामीलाई थाहा छैन ।”

कार्यविधिमा राइड शेयरिङ प्लेटफर्मले कति भाडा लिने भन्ने विषय स्पष्ट व्यवस्था गरेकाले त्यसपछि नियमन गर्न सकिने उनले सुनाए । अहिले ठगीमा परेको भनेर उजुरी दिने बाहेक अरू विकल्प नभएको उनले सुनाए ।

एनपिएलका १८ खेल सकिए, अंक तालिकाको शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्स कुन स्थानमा परे अरु टीम ?

नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १८ खेल सम्पन्न भएका छन् । यही

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

 सामाजिक सञ्जालमा हामी