माइती नेपालद्वारा एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन



काठमाडौं । विश्वभर ३७ औं विश्व एड्स दिवस आज मनाइँदैछ । ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ मनाइन लागेको यस दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको हो ।शनिबार साँझ काठमाडौंको गौशालामा माइती नेपालले दीप प्रज्वलन कार्यक्रम गरेको हो । दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले एड्सबाट ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिए । 

नेपालमा एचआइभी
नेपालमा एचआइभी को प्रथम सङ्क्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलाप कालागि अत्यन्त संकुचित समाज अनि असुरक्षित यौनजन्य क्रियाललापहरुका कारणले हुने सङ्क्रमण भएकाले नेपालमा एचआइभी सङ्क्रमितहरू धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुविधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआइभी सङ्क्रमितहरूले दर्दनाक र पशु वत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरू अझै पनि समाजमा सुन्न सकिन्छ ।

आज विश्व एड्स दिवसका दिन एचआइभी सङ्क्रमणले गर्दा मृत्यू भएका ती सम्पूर्ण सङ्क्रमितहरूको आत्माको चिर शान्ति कालागि दीप पनि प्रज्वलन गरिन्छ  ।नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआईभी एड्सको सङ्क्रमण घटेको पाइएको छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी