यु-१९ एसिया कप : बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल



काठमाडौं : एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित नेपाल दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। संयुक्त अरब इमिरेट्स (युएई)मा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार आइतबार बिहान १०ः४५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ। उपकप्तानमा अर्जुन कुमाल रहेको टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

यु-१९ टिमको प्रमुख प्रशिक्षक शक्ति गौचन हुन्। सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

 

समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रन बनाउँदै अलआउट भएको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालमाथि दोस्रो खेल जित्नैपर्ने दबाब छ।

यु-१९ एसिया कपको सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

 

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी