NPL विजेताले पाउनेछ १ करोड ११ लाख, अन्यले कति पाउँछन् पुरस्कार ?



काठमाडौं : नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौँमा सञ्चालन हुँदै छ।
एनपिएलको शनिबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटनसँगै नेपाल क्रिकेट संघ (क्यान)ले विजेताको पुरस्कार रकम पनि घोषणा गरेको छ ।

एनपिएलको विजेताले एक करोड १० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले घोषणा गरेको हो ।

प्रतियोगिताको उपविजेतालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ। यस्तै तेस्रोलाई ३० लाख र चौथो हुने टोलीलाई २० लाख रूपैयाँ प्रदान गरिनेछ।

नेपाली खेलकुद इतिहासमा यो पुरस्कार अहिलेसम्मकै ठूलो हो । यसअघि अखिल नेपाल फुटबल संघले एक पटक राष्ट्रिय लिगको विजेता थ्री स्टारलाई १ करोड पुरस्कार दिएको थियो।

चार टोलीको कुल पुरस्कार राशी २ करोड ११ लाख रूपैयाँ छ। यो पनि नेपाली प्रतियोगिताको सर्वाधिक पुरस्कार हो।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी