प्रधानमन्त्री ओली आज चीन जाँदै यस्तो छ भ्रमण तालिका 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार चीन जाँदैछन्। गठबन्धनका दलबीच बीआरआई कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’ अपनाएर ओली चीन जान लागेका हुन्। बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस र एमालेबीच लामै छलफल चलेको थियो। बीआरआई कार्यान्वयनका सम्बन्धमा नेपाल–चीनबीच हुने प्रस्तावित समझदारीका सम्बन्धमा कांग्रेसले प्रस्ताव गरेकै नाममा अन्ततः सहमत जुटेको हो।

चिनियाँ राजदूतावासमा शनिबार  बुझाइएको यससम्बन्धी डकुमेन्टमा नयाँ सम्झौताको नाम कांग्रेसले प्रस्ताव गरेअनुसार नै ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राखिएको छ।

चीनलाई पठाइएको दस्तावेजमा सन् २०१७ मा भएको बीआरआईसम्बन्धी समझदारीको विषयको चर्चा गरिएको छ। त्यसअन्र्तगत विद्युत्, शिक्षा, पर्यटन स्वास्थ्य, पूर्वाधार निर्माणलगायत कयौं विषयमा सहकार्य गर्न सकिने उल्लेख छ। चीन भ्रमणको मिति तय भएसँगै बीआरआई मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा,  कांग्रेसका महामन्त्री गगन थापा र अधिवक्ता सेमन्त दाहाल सदस्य रहेको कार्यदल बनाइएको थियो।

फ्रेमवर्कको प्रावधानलाई एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘अनुमोदन’ गरेर मस्यौदा चीनको परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ।

एमाले उपमहासचिव तथा  पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्– कांग्रेस र एमालेको सहमतिमा तयार पारिएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ लाई नेपाल–चीनबीच विकास साझेदारी र बाह्य सम्बन्धमा एकीकृत धारणा निर्माण गर्ने महŒवपूर्ण प्रस्थानबिन्दु हुनेछ।’ सत्ता साझेदार प्रमुख दुई दलबीच सहमति कायम गरी परराष्ट्र मन्त्रालयले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ प्रस्ताव चीनलाई बुझाएको भोलिपल्ट पूर्वमन्त्री ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।

ज्ञवालीले भनेका छन्, ‘फ्रेमवर्क अन बीआरआई कोअपरेसनमा सहमति निर्माण गर्न सफल हुनु भएकोमा सम्माननीय प्रधानमन्त्री र नेकां सभापति मा. शेरबहादुर देउवालाई बधाई ! यो चीनसँग नेपालको विकास साझेदारी नयाँ उचाइमा उठाउने र बाह्य सम्बन्धमा सिंगै राष्ट्रको एकीकृत धारणा निर्माण गर्ने महŒवपूर्ण प्रस्थानबिन्दु हो।’

चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा नेपालले चीनलाई आफ्नो तर्फबाट अन्तिम प्रस्ताव बुझाएको थियो।

यसअघि चीनले बीआरआई कार्यान्वयन योजना प्रस्ताव गरी त्यसमा हस्ताक्षरका लागि पहल गरिरहेको थियो। चिनियाँ प्रस्तावको जवाफमा नेपालले फरक नाम र व्यहोरा प्रस्ताव गरेको हो।

यस प्रस्तावमा चिनियाँ धारणा सार्वजनिक भइसकेको छैन। चिनियाँ राजदूत छन सोङ चीन प्रस्थान गरेका छन् भने परराष्ट्रमन्त्री आरजु राणा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरी शनिबारै स्वदेश फर्किएकी छन्। सोमबारै प्रधानमन्त्रीसँगै मन्त्री राणा पनि भ्रमणमा जाँदै छन्।

यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका 

प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन जाँदैछन्। मंसिर १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना रहनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेट वार्ता गर्ने कार्यक्रम छ। सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछन् । प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्त गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन्।  बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। भ्रमणको चौथो दिन बिहीबार नेपाल फर्किने कार्यक्रम छ।

 

भ्रष्टाचार विरोधी अभियन्ता भरत जंगम पक्राउ

काठमाडौं : भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमलाई सहकारीको रकम अपचलनको आरोपमा प्रहरीको नियन्त्रणमा लिएको

हनी ट्य्राप प्रकरण : निलम्बित इन्सपेक्टर शाही प्रहरी हिरासतमा

काठमाडौँ : हनि ट्रयापिङ समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी

क्यान्सरसँग हारे विवेक, ‘त्याग र समर्पणकी खानी’ सिर्जना एक्लिइन्

काठमाडौं : ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ। उपचारका क्रममा

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति सर्यो

काठमाडौं : चलचित्र निर्देशक यादवकुमार भट्टराईले प्रदर्शन १९ वैशाखलाई नयाँ मिति तय गरेको

 सामाजिक सञ्जालमा हामी