नेपाल र चीनबीच के के भए सहमति र समझदारी ?



काठमाडौं : नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच बुधबार भएको दुईपक्षीय भेटवार्तापछि नेपाल र चीनबीच ९ वटा विषयमा सहमति र समझदारी भएको हो। उक्त सहमति र समझदारी पत्रमा नेपाल र चिनयाँ अधिकारीले हस्ताक्षर गरेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले नेपाल र चीनबीच विभिन्न ९ वटा विषयका सहमति र समझदारीमा हस्ताक्षर भएको जानकारी दिए।

१- टोखा- छहरे सुरुङ मार्गसम्बन्धी पत्र आदानप्रदान

२- नेपाल चीनबीच व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र

३- नौ तले बसन्तपुर दरबार पुनर्निमार्ण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

४- नेपालबाट भैंसीको मासु निर्यातसम्बन्धी प्रटोकल

५- विकास योजनासम्बन्धी समझदारी पत्र

६- नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

७- आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

८ – स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी प्रवर्द्धनसम्बन्धी समझदारी पत्र

९-  नेपाल टेलिभिजन र चिनियाँ मिडिया ग्रुपबीच संचार प्रविधिसम्बन्धी समझदारी पत्र

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको जहाजबाट सोमबार बेइजिङ गएका थिए। भ्रमणका क्रममा मंगलबार चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत थिए। तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर भएको हो। प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गर्नेछन्।

काठमाडौंमा ‘नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४’ ब्याडमिन्टन प्रतियोगित हुदै

काठमाडौं :  नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ ।

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई

NPL मा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका

कोशी एमाले संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेप

विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विदुर लिङ्थेपले

 सामाजिक सञ्जालमा हामी