योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं : नेपालमा पाँच वर्षयता पहिलो ब्याडमिन्टन प्रतियोगिताको रुपमा नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ त्रिपुरेश्वरस्थित कभर्ड हलमा अर्को साता हुने भएको छ । त्यसलगत्तै नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ पनि आयोजना हुँदैछ ।
नेपाल इन्टरनेसनल च्यालेन्ज पुस ८ देखि ११ गतेसम्म सञ्चालन हुने हुनेछ, जसमा २२ देशका १ सय ७६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक नेपाल ब्याडमिन्टन संघले पत्रकार सम्मेलन गर्दै विहीबार जनाएको छ । नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ पुस १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ, जसमा ११ देशका १ सय ४४ खेलाडी सहभागि हुनेछन् । दुवै प्रतियोगितामा घरेलु खेलाडीको संख्या १६–१६ हुनेछन् ।
संघले सन् २०१९ मा पनि नेपाल इन्टरनेसनल च्यालेन्ज आयोजना गरेको थियो, जसमा १७ देशका ब्याडमिन्टन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसयता नेपालमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलोपल्ट आयोजना गर्न लागिएको संघका सचिव दीपक थापाले बताए । दुई प्रतियोगिताको लागि करिब १ करोड १६ लाख रुपिया खर्च हुने बताइएको छ ।
इन्टरनेसनल च्यालेन्जमा खुला रुपमा जुनसुकै उमेरका खेलाडी सहभािग हुन पाउनेछन् र यसमा गर्ने प्रदर्शनको आधारमा खेलाडीको विश्व ब्याडमिन्टन महासंघ ९बीडब्लुएफ० को वरीयतामा पनि प्रभाव पार्नेछ । जुनियर इन्टरनेसनल सिरिजमा १९ वर्षमुनिका खेलाडी सहभागि हुनेछन् । दुवै प्रतियोगितामा समान ५ स्पर्धासमावेश गरिएको छ, जसमा मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स डबल्स, वुमेन्स डबल्स र मिक्स डबल्स छन् ।
इन्टरनेसनल च्यालेन्जको १५ हजार अमेरिकी डलर ९करिब २० लाख ६२ हजार रुपिया० पुरस्कार प्रायोजक योनेक्स सनराइजले उपलब्ध गराउनेछ । प्रत्येक स्पर्धाका विजेताले १ हजार २ सय र उपविजेताले ७ सय २० डलर पाउनेछन् । सेमिफाइनल पुग्नेले ३ सय र अन्तिम आठसम्मको यात्रा गर्नेले १ सय २० डलर हात पार्नेछन् ।