क्यान्सरसँग हारे विवेक, ‘त्याग र समर्पणकी खानी’ सिर्जना एक्लिइन्



काठमाडौं : ब्रेन क्यान्सरसँग जुधिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ। उपचारका क्रममा रहेका विवेक बुधबार अमेरिकामा अस्ताएका हुन्।

चौथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुवेदीले निकै संघर्ष गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंसा हुँदै आएको थियो।

विवेक भौतिकशास्त्रमा पीएचडी गर्न छात्रवृत्तिमा २०७९ मा अमेरिका गएका थिए। पार्किन्सन्सले थला परेकी आमाको मृत्यु भएपछि उनी नेपाल फर्किएका थिए।

आमाको काजकिरिया सकेपछि अमेरिका फर्किने तयारीमा रहँदा उनको स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्य परीक्षण गर्दा विवेकलाई क्यान्सरको चौथो स्टेजमा पुगेको रिपोर्ट आएको थियो।

पत्नी सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटर र टिकटबाटै सार्वजनिक गरिरहन्थिन्। त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरेका थिए। गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको थियो।

विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट यो जोडी चर्चामा आएको थियो।

श्रीमानलाई बचाउन सम्पूर्ण बलबुता खर्चिरहेकी उनले आज हारेकी छन्।

परिवारका अनुसार विवेकका पिता मीनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेका छन्। चार महिनाअगाडि मात्रै विवेकका दाजु विपिनको पनि सडक दुर्घटनामा मृत्यु भएको थियो।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी