दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना
काठमाडौं : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ ।
विमान दुर्घटना स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा भएको हो।
ल्याण्ड गर्ने बेला धावनमार्गमा विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।
समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
जेजु विमान दुर्घटनामा परेको हो । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । सो विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो ।
योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ ।