खो खो विश्वकप : नेपालका दुवै टोली फाइनलमा



काठमाडौं  : भारतको नयाँदिल्लीमा आयोजना भएको खो खो विश्वकपमा नेपालको पुरूष तथा महिला टोली फाइनल प्रवेश गरेको छ।शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन्। नेपालको पुरुष टोलीले सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको खेलमा नेपालले इरानलाई ७२-२० अंकले पराजित गरेको हो। नेपालले उपाधिका लागि घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उद्घाटन खेलमै भारतसँग पराजित भएपनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’को उपविजेताका रुपमा बन्दै क्वार्टरफाइनलमा पुगेको थियो। पहिलो खेलमा भारतसँग ४२-३७ ले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४, तेस्रो खेलमा ब्राजिललाई १३४-८ र चौथो खेलमा भुटानलाई ९८-८ ले पराजित गरेको थियो। क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।यसैगरी शनिबार नै भएको महिलातर्फको सेमिफाइनलमा युगान्डालाई ८९-१८ अंकले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। महिलातर्फ पनि नेपालले उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। नेपालले समूह चरणमा भुटानलाई ८३-३४, जर्मनीलाई ७३-३४, श्रीलंकालाई ११०-१० र बंगलादेशलाई ८३-२४ ले पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाएको थियो। यस्तै क्वार्टरफाइनलमा इरानलाई १०३-८ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। नेपाल कुनै पनि खेलको विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो। त्यसमा पनि एकै विश्वकपमा महिला र पुरुष टोली फाइनलमा पुग्दै नेपालले इतिहास रचेको छ। महिला टोलीले विश्वकपमा अपराजित रहँदै फाइनलमा स्थान बनाएर इतिहास बनाएको छ। विश्वकपमा पुरुषमा २० र महिलामा १९ टोली सहभागी छन्।

केपी ओली कपको दोस्रो सेमिफाइनलमा केपी एफसी र मच्छिन्द्र खेल्दै

काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपअन्तर्गत शनिबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। फाइनल

संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश

काठमाडौं  : संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका

राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश

 सामाजिक सञ्जालमा हामी