संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइलनमा प्रवेश



काठमाडौं  : संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा संकटालाई २–१गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एकएक गोल गरे । नवयुगले खेलको ७औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । खेलको ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र आर्मीले फाइनलमा स्थान पक्का ग¥यो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी एफसी र मछिन्द्र एफसीबिच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल फागुन १९ गते हुनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए । फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
फाइनल खेलमा अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए ।

संखुवासभा–काठमाडौँ सम्पर्क मञ्चद्वारा केपी ओलीलाई ११ केजीको माला सहित बधाई

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

मलाई मा र्छन्’ भन्दै आमालाई फोन गरेकै दिन सुशीलाको ह त्या, २ जना पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई संखुवासभा–काठमाडौँ सम्पर्क

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

 सामाजिक सञ्जालमा हामी