जनप्रतिनिधिको तलबवापत पाएको रु २० लाख सामाजिक क्षेत्रमा



म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो ।

सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब पाँच वर्षको अवधिमा रु २० लाख सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहनुभएका अध्यक्ष पुनले बताउनुभयो । “पेन्सनले मेरो खर्च पुग्छ, परिवारका सदस्य आफैँ आत्मनिर्भर छन्”, उहाँले भन्नुभयोे, “जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हुँ ।”

गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक रु ४८ हजार सुविधा तोकेको छ । पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि रु पाँच लाखको अक्षयकोष स्थापना गरेर एक पुजारीलाई तलबको व्यवस्था गर्नुभएका अध्यक्ष पुनले नारच्याङ आधारभूत विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जीनियरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्धारका काजल रोकालाई रु एक लाख सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभएका पुनले करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्धारकै कृशिखा विकको उपचारका लागि रु ३० हजार सहयोग गरेर सुरु गरेको अभियानबाट रु २० लाखभन्दा बढी जुटेको छ ।

गाउँपालिकाका विद्यालयमा ‘टेलिटिचिङ’ सुरु गर्न रु ५० हजार सहयोग गरेर अभियान सुरु गर्नुभएका पुनले ज्ञानप्रकाश माविलाई रु ५० हजार, मुक्तिमार्ग माविलाई रु ५० हजार, शिख माविलाई रु एक लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई रु एक लाख १० हजार, पाउद्धारको उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा रु दुई लाख ५० हजार, पाउद्धार युवा क्लबलाई मन्दिर बनाउन रु ५० हजार, फलातेमा खेलमैदान बनाउन रु ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरिद गर्न रु ४२ हजार सहयोग गर्नुभएको छ ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी