(काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा हेल्प नेपालको पहिलो हार



काठमाडौं। हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पहिलो पराजय ब्यहोरेको छ ।। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हेल्प नेपाल बिहीबार इरानको यु–१८ टोलीसँग ३–१ को सेटमा पराजित भएको हो।
पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले त्यसपछिका तीन सेट गुमायो। उसले १६–२५, १७–२५, ९–२५ ले सेट गुमाएको हो।

लगातार चौथो जितसँगै इरानले चार खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको छ। प्रवेश गरेको छ। हेल्प नेपाल पनि चार खेलमा आठ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगिसकेको छ।
इरानले यसअघि माल्दिभ्सको एचडिसी क्लब र नेपालको गण्डकी प्रदेशलाई समान ३-२ तथा भारतको क्यालिकट हिरोजलाई ३-० को सेटमा पराजित गरेको थियो । यसअघि हेल्प नेपालल क्यालिकटलाई ३-२ तथा गण्डकी र एचडिसीलाई समान ३-१ को सेटमा हराएको थियो ।।

यता चारै खेलमा पराजित गण्डकीले दुई अंक जोड्यो । यसअघि गण्डकीले एचडिसी र इरानसँग समान ३-२ र हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-१ सेटको हार ब्यहोरेको थियो ।
यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ । शक्रुबार सेमिफाइनलमा इरानले क्यालिकट र हेल्प नेपालले एचडिसीको सामना गर्नेछन् ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी