के हो स्वस्थ जीवनशैली



खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग (नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ ।

चना र मकै झैं मुठीभरि औषधि खाएरमात्र कुनै हालतमा पनि यस्ता रोगहरूबाट मुक्त हुन सकिँदैन । स्वस्थ र निरोगी जीवनका लागि जीवनशैली ठीक राख्न जरुरी छ । स्वस्थ जीवनशैलीका लागि एक पैसा पनि खर्च गर्नु पर्दैन । आहारविहारमा ध्यान दिए पुग्छ । यहाँ आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुँदैन । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो ।

भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्य भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले गर्नेे स्पर्श तथा मनले ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । गलत विचारको आहारले नै अधिकांश मानसिक रोग सुरु हुन्छन् । त्यसैले त भनिन्छ, जस्तो खान्छौं, उस्तै हुन्छौं । त्यसैले आहारको यो महत्ववलाई मनन् गर्दै स्वस्थ जीवनका लागि चार कुरामा विशेष ध्यान दिनु अनिवार्य छ ।
– सन्तुलित भोजन
– शुभाचरण
– निद्रा-वि श्राम
– शुभविचार
यो नै स्वस्थ जीवनशैली हो । यस्तो स्वस्थ जीवनशैलीलाई व्यवहारमा उतार्न स्वस्थकर नियमको पालना गर्नुपर्छ ।

नियम एक

– बिहान सूर्योदयपूर्व वा ब्रह्म मुहूर्तमा उठ्ने बानी बसाल्ने ।
– उठ्नासाथ एकदुई गिलास शुद्ध पानी (कब्जियतले दिसा खलास हँुदैन भने मनतातो पानी) पिएर बाथरुम जाने ।
– दिसापिसाब तथा स्नान गर्ने ।
– दैनिक रूपमा, नसके कम्तीमा पनि सप्ताहको एक दिन स्नान गर्नुपूर्व तोरीको तेल या तिलको तेल या जैतुनको तेलले सम्पूर्ण शरीर मालिस गर्ने ।
-सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्ने ।
– सकिन्छ भने दिनहुँ पाँच किलोमिटर हिँड्ने या दौडिने ।
– कम्तीमा पनि महिनाको एक पटक उपवास बस्ने ।

 नियम दुई

– काम पूरा लगनका साथ गर्ने ।
– परि श्रमअनुसार वि श्राम गर्ने ।
– बढी भोगविलास नगर्ने ।
– विवाहित भए सप्ताहमा एकदुई पटक सहवास गर्ने ।
– समयमै खाने, समयमै सुत्ने र समयमै उठ्ने ।
– गहिरो र पर्याप्त निद्रा लिने ।
– सधैं सत्य, प्रिय र हितकारी वचन बोल्ने ।
– फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने ।
– विनम्र व्यवहारको अपेक्षा गरिएजस्तै आफूले पनि विनम्र व्यवहार गर्ने ।
– फजुल खर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने ।

 नियम तीन

– घुस खाने तथा भ्रष्टाचार गर्ने जस्ता कुकृत्यहरू नगर्ने ।
– जस्तोसुकै आपत्-विपत्मा पनि मनको धैर्यलाई टुट्न नदिने ।
– हिम्मत र हौसला बनाइराख्ने ।
– ठूलाको आदर, असलको संगत र सानालाई माया गर्ने ।
– सधैं सत्य, अनुशासन र न्यायको मार्गमा हिँड्ने ।
– अन्याय र असत्यका अगाडि कहिल्यै नझुक्ने ।
– जातपात, भेषूभषा मत-सम्प्रदाय, लिंग, वर्ण र पेसा आदिको आधारमा कसैसग भेदभाव तथा पक्षपातपूर्ण व्यवहार नगर्ने ।

नियम चार

– देशको संविधान र कानुनको पालना गर्ने ।
– देशलाई अहित हुने कुनै काम नगर्ने ।
– सरल र सरस जीवन जिउने ।
– घर सफासुग्घर र फूलहरू रोप्ने ।
– घर बनाउँदा बिहान सूर्यको प्रकाश घरभित्र छिर्ने गरी बनाउने ।
– बेडरुममा अनावश्यक सामग्रीहरू नराख्ने ।
– भित्तामा उत्तेजक तस्बिर तथा धेरै भित्तेपात्रोहरू नझुन्ड्याउने ।
– बिछ्यौना सधैं सफासुग्घर राख्ने ।
– लुगाहरू मिलाएर राख्ने ।
– च्यातिएका लुगालाई नष्ट गर्ने ।
– अध्ययन कोठामा किताबहरू मिलाएर राख्ने ।
– च्यातिएका किताबहरूलाई पुनः बाइन्डिङ गरेर राख्ने ।
– नचाहिने किताबहरू व्यवस्थापन गर्ने ।
– टुटेफुटेका कुनै पनि सामग्रीहरू कोठामा नराख्ने ।
– पत्रपत्रिकाहरूलाई यत्रतत्र नफाल्ने ।

नियम पाँच

– जीवनको एक महान् लक्ष्य बनाउने र त्यसका लागि प्रयासरथ रहने ।
– मेहनतको पसिना बगाउने र अनि चैनका साथ सुत्ने ।
– बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने ।
स्वस्थ जीवनशैली भनेकै यही हो । यस्तो जीवनशैली अपनाउने मानिसको जीवन नै स्वस्थ र सुखी हुन्छ ।

प्रस्तुतिकरण – ओम बानियाँ/ अन्नपूर्ण

भक्तराज आचार्य कालजयी भजन र गीतहरुमा अमर रहनुहुनेछ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माले ओलीले वरिष्ठ गायक

आज पुष २७ गते शुक्रबार, थाहा पाउनुहोस् तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न अवसर प्राप्त

यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु

एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

 सामाजिक सञ्जालमा हामी