लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको मतदान सुरु



जेष्ठ १७ । लुम्बिनी प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि हुने उपनिर्वाचन सुरु भएको छ ।

मतदानमा सहभागी हुदै लुम्बिनीका मुख्यमन्त्री शंखर पोखरेल

नेकपा एमालेबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्। नेपाली कांग्रेसबाट दीर्घनारायण पाण्डे उम्मेदवार छन्। यहाँ विपक्षी गठबन्धनबाट पाण्डे उम्मेदवार छन्। कांग्रेसका उम्मेदवार रहेका उनलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

यहाँ प्रदेश सभा सदस्य ७९ जना छन् भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २१७ जना छन्। कूल मतदाता २९६ जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यहाँ स्थानीय तहतर्फ एमालेका ९१ जना प्रमुख तथा उपप्रमुख छन्। कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३ र जनमोर्चाका ५ जना सदस्य छन्। राप्रपाका दुई र स्वतन्त्र ४ जना छन्।

यसअघि जेठ ६ गते बागमतीमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा बिजयी भएका थिए।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी