म मरेको दिन- समिप आचार्य



म मरेको दिन

कविता…

भन्न सक्दिन म
आज हो की भोलि
तिम्रो हो या मेरो
स्थिर हुनेछ काठको मुडो झै
न त चलमलाउने छ
जसको तस
न त श्वासको नै प्रकृया
जनाउनेछ छ कुनै प्राणी झै।

स्तब्ध हुने छ सबै
खबर अनि सोच
फुल्ने छ श्वास त्यस्तै
जल्ने छ छाती उस्तै
चित्कार फुट्ने छ चट्टान सरी
दब्ने छ बोली हरपहर
छट्पटाहट उस्तै हुनेछ
एक जिउँदो लास झै।

भन्ने छन्न कतिले लाचार हुदै
कस्तो कलकलाउँदो उमेर
लोभ्याउने यौवन कठ्ठै!
बुढेसकाल उस्तै माता र पिता
कस्तो भयो होला
त्यो मन विचारा
दैवको लीला
कस्तो पापी होला।

भन्ने छन् कतिले घृणित हुदै
बोझ कम भयो एउटा
मर्नु नै थियो यस्तो
कुकर्मको फल न हो
चलमलाउने छ घाट
रमाउदै आनन्दित मुद्रामा
जल्ने छ त्यो मुडो झै देह
आफन्तको चित्कार सङ्गै ।

घोचिने छु म त्यहाँ पनि
दनदन दन्किएको चितामा पनि
कति ढिलो जलेको यो
कठोर वचन सङ्गै
फर्किने छन् सबै
हलचल हुदैन्न पिता
किनकी एउटा खम्बा ढलेको छ
कतिको प्यारो त कतिको घृणित।

हो छाउनेछ छ सामाजिक सञ्जालमा
यस्तो उस्तो यहाँ उहाँ भन्दै
लेखिने छ हार्दिक श्रद्धाञ्जली
पाउने छन् अनलाइन र युटुबरले
होच्याउने दुखेको मनमा अझ
नुन खुर्सानी थपिने गरी
सोधिने छन् प्रश्न अनाकमा
अनौठा तरिकाले गुण्डा नै मरे सरी।।

हार्दिक श्रद्धाञ्जली !
हार्दिक श्रद्धाञ्जली!!

लेखक: समिप आचार्य ‘यात्री’

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् ।

हुँदा खाने र हुनेखानेका तीज

काठमाडौँ ।– राजाराम कार्की /  नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा

थप ४४४ जनामा काेराेना संक्रमण पुष्टि,तीन जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप

‘महापुरुष’ बाट डेब्यु गर्दै अरुण क्षेत्री

  काठमाडौं । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म

 सामाजिक सञ्जालमा हामी