गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई कारबाही



काठमाडौँ, २८ जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाका सदस्य रहेका कृष्ण थापालाई फेरि कारबाही गरि हटाएको छ।


जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए। उक्त पत्र आज गण्डकी प्रदेश सभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन्। यसअघि पनि जनमोर्चाले थापालाई सांसदबाट हटाएकोमा सर्वोच्चले पुनर्बहाली गरिदिएको थियो। थापाले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई विश्वासको मतको प्रस्तावका पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बसेका थिए। तर उनको दल जनमोर्चाका अरू २ सांसदले भने मुख्यमन्त्री गुरूङलाई विश्वासको मत दिएका थिएनन्। थापाले विपक्षी गठबन्धनले अगाडि सारेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन नसक्ने बताइरहेका छन्। पार्टी निर्देशन नमानेको भन्दै थापालाई जनमोर्चाले फेरि कारबाही गरेको हो।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी