देउवा सरकार गठन भएपछिअर्थतन्त्रका सवै परिसूचकहरु झनझन खराव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि अर्थतन्त्रका सवै परिसूचकहरु झनझन खराव बन्दै गएको तथ्यांकले देखाएको छ । देउवा सरकार र राष्ट्र बैंकबाट सुधारका लागि प्रयास थालिएको दावी गरेपनि ६ महिनासम्ममा अर्थतन्त्रका महत्वपूर्ण परिसूचक झनझन खराब बन्दै गएको तथ्यांकहरूले देखाएको हो ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत पुसको वित्तीय तथा आर्थिक प्रतिवेदनअनुसार गत पुससम्ममा शोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब रुपैयाँ घाटामा रहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड बचतमा रहेको थियो ।

मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने सूचक शोधनान्तर हो । राष्ट बैंकको तथ्यांकअनुसार गत मंसिरमा यो १ खर्ब ९५ अर्ब रुपैयाँ घाटामा थियो । एक महिनामा मुलुक भित्रिनेभन्दा थप ४६ अर्ब रुपैयाँ बढी विदेशी मुद्रा बाहिरिएको छ । गत पुससम्मको शोधनान्तर घाटा हालसम्मकै उच्च हो । गत आर्थिक वर्षको प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को अनुपातमा यो ५.६५ प्रतिशत हो ।

गत मंसिरमा यस्तो अनुपात ४।६ प्रतिशत रहेको थियो । त्यसअघि आर्थिक वर्ष २०३९र४० मा शोधनान्तर घाटा जीडीपीको २ र आर्थिक वर्ष २०७५र७६ मा २.३५ प्रतिशत थियो । त्यसयता वार्षिक रूपमा त्यति धेरै शोधनान्तर घाटा भएको थिएन । तर चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधानान्तर घाटा निरन्तर बढदै गएको छ । सोही क्रममा ६ महिनामा २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ घाटामा गएको हो ।

पछिल्ला महिनामा अर्थतन्त्रको अवस्था झनझन बिग्रिँदै गएकाले राज्यस्तरबाट तत्काल सुधारका कदम चाल्नुपर्ने अर्थविदहरूले बताएका छन । भन्सार बिभागले गत पुससम्म ११ खर्ब १८ अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको जनाएको छ । यसमध्ये ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात र १ खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको छ ।

काठमाडौं महानगरपालिकाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ सामुदायिक कुकुरको

त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद

काठमाडौँ ।भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ

सुख्खा बन्दरगाह भन्सारका शंकास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने

काठमाडौं । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा अवैध रुपमा आएर बसेका ३९१ कन्टेनरको भौतिक

सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद

काठमाडौँ । काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको चिनी फेला परेको छ । वाणिज्य,

 सामाजिक सञ्जालमा हामी