सैनिक संघ बराहक्षेत्र ५ वार्ड समिति गठन



बराहक्षेत्र । नेपाली कांग्रेसको भातृ संगठन सैनिक संघ बराहक्षेत्र ५ नम्बर वार्ड कार्यसमिति गठन भएको छ । वार्ड कार्यसमितिको बुधबार बसेको बैठकले टिकाराम खत्रीको सभापतित्वमा समिति गठन गरेको हो ।
९ सदस्यीय समितिमा सभापति खत्रीसहित उपसभापतिद्वय बन्दुलाल धामी र कुमार कार्की, सचिव रमन पाण्डे र सहसचिव ठम बहादुर खड्का रहेका छन् । यस्तै, सदस्यहरुमा गोबिन्द कार्की, रोहित बस्नेत, धनिराम धामी र खम्बा बहादुर खड्का रहेको कांग्रेस वार्ड नम्बर ५ सभापति दिल बहादुर पौडेलले जानकारी दिए । उनकाअनुसार वार्डमा रहेका सैनिकहरुलाई एकीकृत गर्न समिति गठन गरिएको हो ।
कार्यक्रममा नवगठित समितिलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि जगत बहादुर कार्की, नगर उपसभापति जित बहादुर पौडेल, नगर सदस्य डिक बहादुर कार्की लगायतले बधाई ज्ञापन गरेका थिए ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी