कोसी ब्यारेजका सबै ढोका खोल्न अनेरास्ववियुको माग



 

काठमाडौं । अनेरास्ववियुले बाढीबाट भइरहेको क्षती कम गर्न तत्काल कोसी ब्यारेजका ढोका खोल्न माग गरेको  छ ।

बिहीवार अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै यसका लागि सरकारले तत्काल भारतसँग कुटनीतिक पहल गरी कोसीको ढोका खोल्नु पर्ने बताउनुभएको हो ।

कोसी ब्यारेजका सबै ढोका नखोल्दा नदीमा आएको बाढीले डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ श्रीलंका टापु प्रबेश गर्दै सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका करिब २ हजार घर परिवारलाई असर गरेको भन्दै तत्काल ढोका खोल्न पहल गर्न आग्रह गर्नुभएको हो ।

‘प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ सरकार गम्भीर नहुँदा ठूलो मात्रामा क्षति हुँदै भएको भन्दै उहाँले सरकारले कुटनीतिक पहल मार्फत कोसी ब्यारेजका सबै ढोकाहरु खुलाउन आवश्यक पहल गर्नु पर्ने विद्दप्तीमा उल्लेख गर्नुभएको छ ।

बरालले तत्काल राहत र उद्दारको कार्यमा क्रियाशील रहन अनेरास्ववियुका सम्बन्धित स्थानका सम्पूर्ण नेता÷कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आग्रह गरेकी छिन् । बाढी र डुवानका कारण ठूलो संख्यामा मानिसहरु घरबार विहिन भएको, ठुलो संख्यामा कृषि उपज एवं आर्थिक र भौतिक संरचनामा क्षति पुगेको छ उनले उल्लेख गरेकी छिन् । पीडित नागरिकहरु यातायात, विधुत, खानेपानी जस्ता अत्यावश्यक वस्तु तथा सेवाको उपभोग गर्न वन्चित भएको भन्दै बरालले त्यसप्रति ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने

काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स

नेपाली क्रिकेटमा अनुभवी प्रशिक्षकको आगमन

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी तथा

 सामाजिक सञ्जालमा हामी